Section 35A
प्रदेश तथा स्थानीय तहले अनुगमन गर्न सक्ने
(१) यस ऐन बमोजिम नापतौल तथा नाप्ने वा तौलने यन्त्रको जाँच गराए, नगराएको, इजाजतपत्र तथा अनुमतिपत्र लिए,:नलिएको वा त्यस्तो इजाजतपत्र तथा अनुमतिपत्रको नवीकरण गराए, नगराएको सम्बन्धमा प्रदेश तथा स्थानीय तहले आवश्यकता अनुसार अनुगमन. गर्न सक्नेछ।
(२) प्रदेश वा स्थानीय तहले नेपाल सरकारले निर्धारण- गरेको मापदण्डका आधारमा विभागसँग समन्वय गरी अनुगमन गर्न सक्नेछ।
(३) उपदफा (१) वा (२) बमोजिम अनुगमन गर्दा कसैले यस ऐन विपरीतको कार्य गरेको पाइएमा अनुगमन गर्ने अधिकारीले कारबाहीका लागि विभाग वा अन्तर्गतको कार्यालयमा लेखी पठाउनु पर्नेछ।
(४) उपदफा (१) वा (२) बमोजिम अनुगमनको क्रममा सम्बन्धित प्रदेश वा स्थानीय कानून बमोजिम कारबाही गर्नु पर्ने कुनै विषय देखिएमा त्यस्तो कानून बमोजिम समेत प्रदेश वा स्थानीय तहले कारबाही गर्न सक्नेछ।
(५) उपदफा (३) बमोजिम प्रदेश वा स्थानीय तहबाट कारबाहीका लागि लेखी आएमा विभाग वा कार्यालयले तत्काल आवश्यक छानबिन गरी यस ऐन बमोजिम आवश्यक कारबाही गर्नु पर्नेछ।